चरीबाघ गाउँ पस्यो

0
Shares

विश्वमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले लागू गरेको लकडाउनका बेला चरीबाघ गाउँ पसेको छ ।

राइनास नगरपालिका ४ सातबीसे गाउँमा शुक्रबार राति चरीबाघ गाउँ पसेको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख मोहन काफ्लेले बताए।

गाउँमा बाघ आएको खवर डिभिजन वन कार्यालयलाई आएपछि सोही नगरमा रहेको राइनास सबडिभिजनका कर्मचारीले उद्धार गरी नजीकैको जंगलमै छाडिदिएको उहाँको भनाइ छ ।

चरीबाघ सम्भवतः जिल्लामै पहिलो चोटि गाउँ पसेको पाइन्छ । तराईदेखि ४५ मिटरको उचाइसम्म जुनसुकै स्थानमा समेत चरीबाघ पाइने डिभिजन कार्यालय प्रमुख काफ्लेको भनाइ छ ।

उनले भने, “वनजंगलमा आगलागी हुनु र लकडाउनका कारण सब स्थानमा सुनसान भएपछि जनावर गाउँ छिर्न थालेको हो ।”

यसले मान्छेलाई आक्रमण नगरे पनि सानासाना पाठा, कुखुरा लगायत खाने बताइएको छ ।

प्रकाशित मिति: १३ वैशाख २०७७, शनिबार  १३ : ५८ बजे