स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सको जहाज ग्वान्जाओ उड्यो

0
Shares

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडान भरेको छ।

नेपाल चीन जोईन्ट भेन्चर हिमालय एयरलाईन्स्ले कोभिड–१९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन कार्गो चाटर्ड उडान भरेको हो । हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाओ उडेको विमानस्थलले जनाएको छ। 

‘महिनादिनलामो लकडाउन पश्चात यात्री उडान बन्दभईसकेपछि पहिलो पटक मेडिकल सामाग्री ल्याउन स्विकृति पाईएको छ,जुन हाम्रो लागि स्वागत योग्य अवसर हो । हामी यस उडानलाई मेडिकल आपूर्तिहरू ल्याउनको लागि एक अत्यावश्यक सेवाको रूपमा संचालनगर्न पाउँदा खुसी छौं, जसले हाम्रो देशलाई महामारीको विरूद्ध लड्न मद्दत गर्दछ,’उपाध्यक्ष विजयश्रेष्ठले भने ।

विश्वभर फैलिएको कोरोनाभाईरसको प्रकोप नियन्त्रणका लागिनेपाल सरकारले मेडिकल सामाग्रीआयातमा बढावा दिएको छ ।

लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन्। नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालयले चीनको बेइजिङ र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ।

यसअघि चैत १६ र २० गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले चार्टर्ड उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याइएको थिय।

हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य सामग्री लिएर सोमबार काठमाडौँ आइपुग्नेछ।

उक्तकार्गो विमानले मेडिकल उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षाउपकरण (पीपीई), मास्क, पञ्जालगायतअन्यऔषधिजन्य सामाग्रील्याउनेछ ।