शेयर कारोबार वैशाख २५ गतेसम्मै बन्द रहने

0
Shares

सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेसंगै शेयर बजार पनि सोही दिनसम्म बन्द हुने भएको छ ।

सरकारले लकडाउनको समय थप दश दिन बढाएपछि सेयर कारोवार पनि दश दिनसम्मका लागि फेरि बन्द गरिएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङगानाले शेयर बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको जानकारी दिए ।

चैत १० गतेदेखि बन्द भएको शेयर बजार वैशाख १५ गते सोमबार सम्म बन्द हुने निर्णय गरिएको थियो । अब नयाँ निर्णय अनुसार मंगलवारदेखि १० दिनका लागि बजार पुन: बन्द हुने छ । बोर्डले चैत १० गतेदेखि लागू हुने गरी शेयर कारोबार रोक्न नेप्सेलाई चैत ९ गते निर्देशन दिएको थियो ।

नेप्सेले कम्पनीहरुको सूचना आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने काम भने जारी राखेको छ ।

प्रकाशित मिति: १५ वैशाख २०७७, सोमबार  १२ : २४ बजे