शेयर कारोबार बैशाख २५ गते पछि खोल्ने नेप्सेको तयारी

0
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेले यही वैशाख २६ गतेबाट शेयर बजार खोल्ने तयारी गरेको छ । साथै नेप्सेले उक्त दिनबाट बजार खोल्नका लागि सरोकारवालाहरुलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ ।

सरकारले वैशाख २५ गतेसम्म लकडाउन अवधि लम्ब्याएपछि नेप्सेले पनि बैशाख २५ गतेसम्मका लागि शेयर कारोबार बन्द गरेको छ। तर बैशाख २६ गतेदेखि नियमति कारोबार हुन् सक्ने नेप्सेको भनाई छ । लामो समय बजार बन्द रहेकाले विभिन्न कोणबाट बजार खुलाउनुपर्ने आवाजहरु समेत उठ्न थालेका छन्।

नेप्सेले यस अघि चैत १० गतेदेखि बन्द भएको शेयर बजार लकडाउन अवधिभर अर्थात् बैशाख १५ गतेसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारले १० दिनको लागि लकडाउनको अवधि थप गरेसंगे नेप्सेले पनि कारोबार बन्द हुने अवधि बढाएको हो ।

गत चैत १० गतेदेखि शेयर कारोबार बन्द रहेको छ ।

 

प्रकाशित मिति: १५ वैशाख २०७७, सोमबार  १४ : ४१ बजे