भारतीय म्युचुअल फण्डका लागि ५० हजार करोडको तरलता सुविधाको योजना


भारतीय रिजर्भ बैंक(आरबिआइ)ले म्युचुअल फन्डमा लगानी योग्य पुँजी अभाव हुन नदिन ५० हजार करोड भारतीय रुपैयाँ बरावरको तरलता सुविधा योजना ल्याएको छ ।

वण्ड मार्केटमा तरलता समस्या देखिएपछि फ्रायाङलीन टेम्लटनले ६ वटा सामुहिक लगानी कोष योजना बन्द गरेपछि आरबिआइले तरलता प्रदान गर्ने योजना ल्याएको हो ।

यसमा केन्द्रीय बैंकले ऋणका रुपमा पैसा उपलब्ध गराउनेछ । यसबाट म्युचुअल फन्ड तथा यससँग सम्बन्धित योजनाहरुमा तरलता संकट आउन दिने छैन।

म्युचुअल फन्डका लागि आरबिआईले उपलब्ध गराउने यो तरलता सुविधा योजना अप्रिल २७ देखि मे ११, २०२० सम्ममा वा पूर्ण रकम प्रयोग नभएसम्मका लागि लागू हुनेछ ।

भारतीय रिजर्भ बैंकले त्यस समयपछि पनि फेरि बजार स्थिति अध्ययन गरेर पुनः समीक्षा गर्ने जनाएको छ ।

आरविआइले कोभिड–१९ का कारण पुँजी बजारमा अस्थिरता उत्पन्न भएको जनाएको छ । कोरोना महामारीले म्युचुअल फन्डसहित समग्र पुँजी बजारमा तरलता दबाब उत्तिकै छ ।