कोरोनाका कारण इजरायलमा दश लाख नयाँ बेरोजगार

0
Shares

इजरायलमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिलेसम्म थप दश लाखभन्दा बढी बेरोजगार भएका छन् ।

इजरायली रोजगार सेवा (आइईएस)ले दिएको जानकारीअनुसार अहिलेसम्म कुल दश लाख ११ हजार २०५ जना बेरोेजगार भएका हुन्।

यो विवरण यही मार्च १ देखिको भएको अधिकारीहरुले बताएका छन् । त्यसको तीन दिनपछि इजरायलमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएका थिए ।

आइतबार मात्रै ११ हजार ९३० जनाले बेरोजगार भत्ताका लागि निवेदन पनि दिएका छन् । इजरायलमा बेरोजगार भत्ताका लागि दैनिक निवेदन पर्ने गरेको छ।

त्यसमध्ये अप्रिल ५ देखि अहिलेसम्म निवेदन दिएकामध्ये आइतबारको संख्या सबैभन्दा धेरै हो ।

प्रकाशित मिति: १६ वैशाख २०७७, मंगलबार  ०७ : १८ बजे