स्मार्ट टेलिकमले ३० मिनेट अन नेट र ३०० एमबी डाटा निशुल्क उपलब्ध गराउने

0
Shares

नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक संस्था स्मार्ट टेलिकमले फोनमा शून्य व्यालेन्स भएका ग्राहकहरुलाई ३० मिनेट अन नेट र ३०० एमबी डाटा (फोरजी) निःशुल्क उपलब्ध गराइरहेको छ । यो अफरको समय ३० दिन निर्धारण गरिएको छ।

कम्पनीले लकडाउनको समयमा रिचार्ज गर्न नपाएर समस्यामा परेका ग्राहकहरुका लागि विशेष राहत प्याकेज घोषणा गरेको हो । स्मार्टले उक्त सुविधा सामाजिक उत्तरदायित्वका (सीएसआर) रुपमा उपलब्ध गराएको हो।

कम्पनीले आफ्ना ग्राहकहरुलाई २९९ रुपैयाँंमा (३८१.७९ करसहित) बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि ३० दिनका लागि ४५ जिबी डाटा उपलब्ध गराएको छ । यसले लकडाउनमा घरै बसेर काम गरिरहेका ग्राहकहरुका लागि उपयुक्त हुने जनाइएको छ।

त्यस्तै ७६.७५ रुपैयाँमा (९८ रुपैयाँ करसहित) एक साताका लागि ३ जिबी डाटा उपलब्ध गराएको र साथै स्मार्टदेखि स्मार्टमा फोन गर्दा भने एक साताका लागि कुनै शुल्क नलाग्ने स्मार्टले जनाएको छ।

सन् २०१३ मा स्मार्टले युनिफाइड लाइसेन्स प्राप्त गरेको स्मार्टले नेपालको ग्रामीण भेगमा सेवा प्रदान गर्दै आएको छ । उसले सन् २००८ देखि नै नेपालको ग्रामीण भागमा आफ्नो सेवा सुरु गरेको थियो।