विश्वभर ३४ लाख कोरोना संक्रमित,२ लाख ३९ हजारको मृत्यु, झण्डै ११ लाख निको भए

0
Shares

विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारी कारण विश्वभर अहिलेसम्म २ लाख ३९ हजार ५९२ जनाको मृत्यु भईसकेको छ भने ३४ लाख ८३० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १० लाख ८१ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५१ हजार ३५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका लागि संकट बनिरहेको कोरोना भाइरस अहिलेसम्म विश्वका २१० देशमा फैलिएको छ । महामारीबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ६५ हजार ७६६ जनाको मृत्यु भईसकेको छ भने ११ लाख ३१ हजार २८० जनालाई संक्रमण भएको छ । त्यहाँ २५०जना नयाँ संक्रमित आज थपिएका छन् भने आजै त्यहाँ थप १३ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार ८२४ जनाको मृत्यु भएको छ भने २ लाख ४२ हजार ९८८ जनालाई संक्रमण भएको छ।

इटालीमा कोरोना भाइरसको महामारीका कारण २८ हजार २३६ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ४२८ जनालाई संक्रमण भएको छ । त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण २७ हजार ५१० जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार ७५४ जनालाई संक्रमण भएको छ ।

फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार ५९४ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार ३४६ जनालाई संक्रमण भएको छ । त्यस्तै जर्मनीमा ६ हजार ७३६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार ७७ जनालाई संक्रमण भएको छ ।

चीनमा आज थप १ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा योसँगै जम्मा संक्रमितको संख्या ८२ हजार ८७५ पुगेको छ भने ४ हजार ६३३ जनाले ज्यान गुमाएका छन् ।

छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म १ हजार २२३ जनाको मृत्यु भएको छ भने ३७ हजार २५७ जनालाई संक्रमण भएको छ । योसँगै पाकिस्तनमा ४१७ जनाको मृत्यु भएको छ भने १८ हजार ११४ जनालाई संक्रमण भएको छ आज मात्रै त्यहाँ २२ जना नयाँ संक्रमित थपिएका छन् ।