अमेरिकामा कोरोनाबाट ६५ हजार ७७६ को मृत्यु

0
Shares

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विश्वको शक्तिशाली र राम्रो स्वास्थ्य सुविधा रहेको अमेरिकामा ६५ हजार ७७६ को मृत्यु भएको छ। यस्तै १६ हजार ४१८ जनाको स्वास्थ्य अवस्था संवेदनशिल अवस्थामा रहेको जनाइएको छ।

यस महामारीले अमेरिकामा शनिबार मह्यान्नसम्ममा संक्रमित हुने मानिसको संख्या ११ लाख ३१ हजार ४५२ पुगेको छ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ६१ हजार ५६३ जना उपचारपछि निको भएका छन्। अझै पनि ९ लाख ४ हजार ११३ जनामा भाइरसको संक्रमण छ। अमेरिकाले हालसम्म ६६ लाख ९९ हजार ८७८ वटा कोरोना परीक्षण गरेको छ। यो १ मिलियन जनसंख्याको हिसाबले २० हजार २४१ वटा परीक्षण हुन आउँछ।

विश्वभर ३४ लाख २ हजार बढीमा कोरो संक्रमण फैलँदा २ लाख ३९ हजार ६१५ जनाले ज्यान गुमाएका छन् भने १० लाख ८३ हजार ८१६ जना उपचारपछि निको भई घर फर्र्किएका छन्।

 

प्रकाशित मिति: २० वैशाख २०७७, शनिबार  ११ : ५९ बजे