हालसम्म ६८ हजार बढी कोरोना नमुना परीक्षण, ३३५ जना रेडजोनमा

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ६८ हजार ६०२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पिसिआर प्रविधिबाट १४ हजार ५०९ र आरडिटी प्रविधिबाट ५४ हजार ९३ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर थप १ हजार ४५१ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ६ हजार ५५९, प्रदेश नं २ मा ५ हजार ३४८, वाग्मती प्रदेशमा ९ हजार ४४, गण्डकी प्रदेशमा ६ हजार ३४९, प्रदेश नं ५ मा ५ हजार ७१३, कर्णाली प्रदेशमा ६ हजार ६०८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४७२ जनामा कोरोना परिक्षण गरिएको छ।

  • १७ हजार ३७२ जना क्वारेटाइनमा, ‘रेडजोन’ मा ३३५

मुलुकभर हालसम्म जम्मा १७ हजार ३७२ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार ९१५ जना, प्रदेश नम्बर दुईमा १ हजार २९० जना, वाग्मती प्रदेशमा २६१ जना, गण्डकी प्रदेशमा ५२८ जना, प्रदेश नम्बर पाँचमा ६ हजार ८१२ जना, कर्णालीमा ३ हजार ८९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ४७७ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल १३३ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा ३ र उपत्यकाबाहिर १३० जना आइसोलेशनमा रहेका छन् । मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा २ हजार ३९ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३३ हजार ५२२ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा ३१० आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप २ जना ‘रेडजोन’ मा परेका छन् । यससँगै रेड जोनाम पर्नेरुको संख्या ३३५ पुगेको छ। रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।