कपिलवस्तुका २ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १०१ पुग्यो

0
Shares

बिहीबार कपिलवस्तुका दुइ युवाको स्वाव नमुना परीक्षणमा कोभिड १९ को पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार भएको परीक्षणमा कपिलवस्तु वडा नम्बर ८ का १६ र २२ वर्षका दुइ युवामा संक्रमण भेटिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीका अनुसार बिहीबार परीक्षण अनुसार नयाँ पुष्टि भएका दुबै जनाको स्वास्थ्य स्थिति सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।