कोरोनाविरुद्ध लड्न गरिब देशहरुका लागि ६ करोड ७० लाख डलर माग

0
Shares

संयुक्त राष्ट्रसंघले कोरोना भाइरसविरुद्ध लड्नका लागि गरिब देशहरुका लागि दुई करोडदेखि छ करोड ७० लाखसम्म अमेरिकी डलरको खाँचो रहेको जनाएको छ ।

गरिब देशहरुलाई आर्थिक सङ्कट परेकाले तत्काल सहयोग गर्न पनि राष्ट्रसंघले सहयोगी देशहरुलाई बिहीबार आग्रह गरेको छ ।

राष्ट्रसंघको मानवीय सहायता प्रमुख मार्क लोकोकले कोरोना भइरसको महामारीका कारण गरिव देशहरुलाई तीनदेखि छ महिनासम्म निकै आर्थिक समस्या पर्ने बताए ।

आम्दानीका श्रोतहरु घटेको, रोजगारी गुमेको, खाद्यान्नको अभाव भएको, बालबालिकाहरुले खोप र खाना लिन नपाएकोलगायतका कारणले सङ्कटको सङ्केत स्पष्टसँग देखिएको उन्को भनाइ छ ।

राष्ट्रसंघले यसअघि गत मार्च २५ देखि नै ३७ सदस्य राष्ट्रलाई कोरोना भाइरसविरुद्ध लड्नका लागि आर्थिक सहयोगको आवश्यकता रहेको बताउँदै आएको छ ।

बिहीबार गरेको आग्रहमा थप नौ देशलाई पनि सहयोगको आवश्यकता रहेको उल्लेख गरिएको अधिकारीहरुले जनाएका छन् ।

थप सहयोगको आवश्यकता परेका देशहरुमा बेनिन, जिबुटी, मोजाम्बिक, पाकिस्तान, फिलिपिन्स, सिएरालिओन, टोगो र जिम्वाब्वे रहेका छन् ।

अति गरिव मुलुकहरु यसअघि नै अत्यावश्यकता परेका देशहरुको सूचीमा रहेका थिए । ती देशहरुमा आम्दानी, रेमिटेन्स र पर्यटन घटेको र द्वन्द्व, भोकमरी र गरिवी बढेको उन्ले बताए।

प्रकाशित मिति: २५ वैशाख २०७७, बिहीबार  २१ : ३६ बजे