नेपाललाई आईएमएफले करिब २६ अर्ब रुपैयाँ शून्य ब्याजदरमा कर्जा दिने

0
Shares

नेपालले अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) बाट करिब २६ अर्ब बराबरको शून्य ब्याजदरको विशेष कर्जा र्‍यापिड क्रेडिट फेसिलिटी (आरसीएफ) सुविधा पाउने भएको छ ।

उक्त सुविधाका लागि नेपालले गरेको आग्रहलाई आईएमएफ कार्यकारी समितिले बुधबार स्वीकृत गरेको हो । यस्तो सुविधा पाउने नेपाल ५० औं राष्ट्र भएको आईएमएफले जनाएको छ ।

कोभिड–­१९ का कारण अर्थतन्त्र जोखिममा परेकाले आपत्कालीन वित्तीय सहयोगका रूपमा नेपाललाई पनि उक्त सुविधा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड–­१९ का कारण आन्तरिक आर्थिक गतिविधि, पर्यटन, रेमिट्यान्सलगायत क्षेत्र प्रभावित भएकाले मुलुकको शोधनान्तर स्थितिलाई सन्तुलित बनाउन २ सय १४ मिलियन अमेरिकी डलर ९करिब २६ अर्ब रुपैयाँ० आरसीएफ स्वीकृत गरिएको छ,’ आईएमएफले भनेको छ,

मुलुकको शोधनान्तर अवस्था सन्तुलनमा राख्न, वित्तीय व्यवस्थापनलगायतमा आरसीएफमार्फतको पैसाले आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन हुने खालका कार्यक्रम सञ्चालन गर्न पाइने राष्ट्र बैंकले बताएको छ ।