भारतीय बैंकद्धारा साना तथा मझौला उद्योगलाई ५.६६ लाख करोड कर्जा स्वीकृत

0
Shares

भारत सरकारले कोरोना भाइरस संक्रमण रोक्न मार्च २४ देखि सुरु भएको लकडाउनबाट संकटग्रस्त बनेका साना तथा मझौला व्यवसायीलाई बचाउन सरकार स्वामित्वका बैंकहरुले ५ लाख ६६ करोड भारु कर्जा स्वीकृत गरेका छन ।

भारतमा करिब २ महिनायता जारी लकडाउन मे १७ सम्म कायम छ । यो पनि अन्तिम हो भन्ने निश्चित छैन। यसबाट संकटमा रहेका ४२ लाख साना तथा मझौला व्यवसायीलाई सरकार नियन्त्रित बैंकहरुले ५ लाख ६६ करोड भारु कर्जा प्रवाह गरेका हुन्।।

वित्तमन्त्री निर्मला सितारमणले साना तथा मझौला उद्योग, खुद्रा व्यवसाय, कृषि र सहकारी क्षेत्रलाई बचाउन ऋण प्रवाह गरिएको र लकडाउन सकिएपछि कर्जा वितरण सुरु हुने जानकारी दिइन् । उनले गैर बैंकिङ्ग वित्त कम्पनी र हाउजिङ्ग फाइनान्स कम्पनीहरुलाई पनि ७७ हजार ३८३ करोड कर्जा स्वीकृत गरेको जानकारी दिइन्।

एसोसियटेड चेम्बर अफ कमर्श एन्ड इन्डष्ट्रिजका अध्यक्ष निरन्जन हिरानन्दनीले सरकारले सार्वजनिक क्षेत्रको बाँकी रहेको रकम भुक्तानी र कर फिर्ता गरेर अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने बताए। यसबाट मात्र २ लाख ५ हजार लाख करोड प्रणालीमा आउने उनको भनाई छ।

भारतीय अर्थतन्त्रलाई कोभिड–१९ विरुद्ध लड्न कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ७ प्रतिशत अर्थात १६ लाख करोड भारु आवश्यक पर्ने जानकारहरु बताउँछन्।