पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् ।
शुक्रबार संसदको बजेट अधिवेशनको शुभारम्भ सत्रलाई सम्बोधन गर्दै सांसद भट्टराईले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाब दिएका हुन्।
केपी ओलीले अब सत्ता छोड्नुको विकल्प नभएको बताउँदै डा. भट्टराईले करिब दुई तिहाई जनमत पाएको सरकार इतिहासकै नालायक बनेको आरोप पनि लगाए ।
उनले प्रधानमन्त्री ओलीलाई लोकतन्त्रको रक्षाका लागि, आफ्नो बनेको छवि कायम राख्न र जीर्ण शरीरलाई आराम दिन आग्रह गर्दै राजीनामा दिन सुझाब दिएका हुन्। नागरिकले सम्झन लायक प्रधानमन्त्री अहिलेसम्म नपाएको भन्दै उनले दुःखेसो पनि पोखे ।
डा. भट्टराईले सरकारमा कति समय बस्यो भन्ने आधारमा त्यसको मूल्यांकन नहुने भन्दै कसले कस्तो कर्म गर्यो त्यसका आधारमा मूल्यांकन हुने र जनताले पनि त्यही आधारमा सम्झने बताए।












प्रतिक्रिया