शेयर बजार समीक्षा : सातामा चार अर्ब ३३ करोड काराेबार हुँदा शिवम् सिमेन्ट शिर्ष स्थानमा

0
Shares

धितोपत्र बजारमा यस साता चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ बराबरको शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.९२ बिन्दुले बढेको छ । साताको पहिलो दिन एक हजार ३१४.५५ बिन्दुमा खुलेको नेप्से साताको अन्तिम दिन एक हजार ३१९.४७ बिन्दुमा बन्द हुन पुग्यो । साताभर कूल १७४ कम्पनीको एक करोड ३६ लाख ६३ हजार २७१ कित्ता शेयर कारोवार भए ।

सरकारले आगामी आर्थिक वर्षको बजेट यसै साता सार्वजनिक ग¥यो । बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन अर्थात् मङ्गलबार आठ अङ्कले बढेको बजार बजेट आएको दिन र त्यसको भोलिपल्ट अर्थात् बिहीबार भने सामान्य अङ्कले मात्रै वृद्धि भयो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्क अर्थात ११.९३ अंकले घटेको छ । सो दिन कारोवार मापक नेप्से परिसूचक घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको थियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको थियो । एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा त्यस दिन कूल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर ६२ करोड ६२ लाख एक हजार ६६६ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको दोस्रो सदन अर्थात् सोमबार शेयर बजारमा झिनो अङ्कले सुधार आयो । कारोवार मापक नेप्से परिसूचक ०.३४ बिन्दुले बढेर एक हजार ३०२.९६ अङ्कमा पुग्यो । नेप्से झिनो अङ्कले बढेपनि कारोवार रकम भने सामान्य रह्यो । कूल १७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता शेयर रु ५१ करोड ९५ लाख ५६ हजार ७९३ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको तेस्रो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । उक्त दिन कारोवार मापक नेप्से परिसूचक २.५३ बिन्दुले बढेर एक हजार ३०५.४९ अङ्कमा पग्यो । स्टकका अनुसार कूल १६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कित्ता शेयर ७५ करोड ६८ लाख ९१ हजार ६१३ मूल्यमा खरीद बिक्री भए ।

बुधबार शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ८.३९ अङ्कले बढ्यो । कूल १७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता शेयर ९० करोड आठ लाख पाँच हजार ९६० मूल्यमा खरीद बिक्री भए।

साताको अन्तिम दिन अर्थात् बिहीबार एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लाग्यो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव मात्रै प¥यो ।

सो दिन कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३१९ दशमलव ४७ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको थियो । सो दिन कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर कारोवार भए ।

कारोवारका आधारमा यस साता पनि वाणिज्य बैंकहरुकै बर्चश्व रह्यो । शिवम् सिमेन्ट ६६ कराेड ११ लाखकाे काराेबारबाट शीर्ष स्थानमा रहँदा सवर्साधारणामा रूपान्तरण भएकाे संस्थापक शेयरकाे काराेबारले प्रभु बैंककाे पनि ४३ कराेड ९५ लाख बराबरकाे काराेबार भएकाे छ ।

नेपाल बैंक, अपर तामाकोशी, एनसिसि बैंक,कृषि विकास बैंक, जनता बैंक, मेगा बैंक, एनआईसी एशिया र नेपाल टेलिकमको शेयर क्रमशः बढी कारोवार भए ।