रिलायन्स लाइफले ६३ करोडको आइपिओ जारी गर्ने प्रक्रिया थाल्यो, सानिमा क्यापिटल बिक्री प्रबन्धक

0
Shares

पछिल्लो समयमा संचालनमा आएका मध्ये रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले आइपिओ निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि कम्पनीलेसानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सम्झौतापत्रमा रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

रिलायन्सको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६३ लाख कित्ता आइपिओ आउनेछ । हाल यस कम्पनीको अधिकृत पूँजी ३ अर्ब रुपैयाँ र जारी पूँजी २ अर्व १० करोड रुपैयाँ रहेको छ । यसमध्ये १ अर्ब ४७ करोड रुपैयाँ संस्थापक शेयरधनीबाट संकलन भएको छ । ६३ करोड रुपैयाँ बराबरको आइपिओ सर्वसाधारणमा बिक्री खुला गर्नेछ ।

रिलायन्सले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

सिद्धार्थ बैंक र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित यस कम्पनीले बीमा योजनाहरुद्वारा ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।