सोमबार एकैदिन २४ जनामा संक्रमण पुष्टि, टेकुको परीक्षणबाट १३ जना थपिए

0
Shares

सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो एकैदिन पुष्टि भएको सबैभन्दा धेरै संख्या हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सोमबारै कपिलवस्तुमा १८ देखि ३४ वर्षका १० जना पुरुष र सप्तरीमा १ जना गरि ११ जनामा यसअघि नै कोभिड पोजेटिज देखिएको थियो। टेकुमा गरिएको परीक्षणमा १३ जना थपिएसँगै एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १३४ जना पुगेको छ।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार  १९ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।