लक्ष्मी बैंकको वितरण योग्य नाफा ४१ करोड ऋणात्मक

0
Shares

चालु आर्थिक वर्ष ०७६/०७७को तेस्रो त्रैमाससम्ममा लक्ष्मी बैंक (LBL) ले १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेपनि वितरण योग्य नाफा ४१ करोड ऋणात्मक रहेको छ ।

नियामकिय जगेडा कोषमा १ अर्ब २० करोड रुपैयाँ ट्रान्सफर गरेसँगै बैंकको वितरण योग्य मुनाफा ऋणात्मक देखिएको थियो ।

यद्यपी बैंकले गत आर्थिक बर्षको यसै अवधिको तुलनामा भने ६ करोड ३ लाख रुपैयाँ बढी नाफा कमाएको छ। बैंकको खुद ब्याज आम्दानी तथा संचालन नाफामा सुधार भएको छ।

बैंकको खुद नाफामा सामान्य बढेपनि पूँजी वृद्धिको अनुपातमा नबढ्दा प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा बाट १४ रुपैयाँ ८१ पैसामा झरेकोे छ। बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ।

बैंकले गत चैत सम्ममा ९७ अर्ब ३६ करोड निक्षेप संकलन गरेर ९० अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । जसबाट बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकको निष्क्रिय कर्जा ०.५८ प्रतिशत बढेर १.७८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५० गुणा रहेको छ।