नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१

0
Shares

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकै दिन संक्रमित हुनेको अहिलेसम्मको सबैभन्दा बढी संख्या हो । यो संगै संक्रमितको संख्या १९१ पुगेको थियो ।

मंगलबार थपिएका संक्रमितहरु कपिलबस्तु, रुपन्देही, बारा र सप्तरीका हुन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु मध्ये अधिकांश २० देखि ५० वर्ष उमेर समुहका छन् ।

मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रुपनदेहीमा ९ जना, बारामा १ जना र पर्सामा ३९ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपामा अब कोरोना महामारीको खतरा बढेर गएको छ । थपिएका संक्रमितका बारेमा आजै स्वास्थ्य मन्त्रालयले विस्तृत जानकारी दिनेछ ।

यसअघि सोमबार मात्रै एकै दिन २४ जनामा कोरोना पोजेटिभ देखिएको थियो।

प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।