इन्फिनिटी लघुवित्तको आइपिओ बुधबार बाँडफाँड, शेयर पाउन भाग्यकै भर

0
Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपिओ बुधबार बिहान बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको केन्द्रीय कार्यालयमा आइपिओ बाँडफाँड हुनेछ ।

कम्पनीले जेठ १३ गते देखि १६ गते सम्म कुल ६ लाख ७४ हजार कित्ता सेयर खुला गरेको थियो । यसमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई दिइएको छ । यसैगरी, १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले ६८ लाख ४ हजार कित्ता शेयर माग गर्दै आवेदन दिएका छन् । कुल ३ लाख ३२ हजार ९७५ जनाले ६८ करोड ४ लाख रुपैयाँ बराबरको आवेदन दिएका हुन् । जुन झण्डै एघार गुणा बढी हो ।

इन्फिनिटी लघुवित्तको आइपिओमा आवेदन गरेका लगानीकर्ताले कम्पनीको शेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । कम्पनीको आईपिओमा माग भन्दा एघार गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ ।

कम्पनीले जेठ १३ गतेदेखि १६ गतेसम्म आइपिओ बिक्रीमा राखेको थियो । आइपिओपछि कम्पनीको चुक्तापूँजी २० करोड ७० लाख पुग्नेछ ।