काँग्रेसले बनायो विनोद चौधरीको नेतृत्वमा विशेष समिति, लगानी र रोजगारीमा परेको असर अध्ययन गर्ने

0
Shares

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना भाइरसले देशको विभिन्न क्षेत्रमा पारेको असर अध्ययन गरी आवश्यक कार्य गर्न साँसद तथा उद्यमी बिनोद चौधरीको संयोजकत्वमा विशेष समिति गठन गरेको छ ।

काँग्रेसले चौधरीको संयोजकत्वमा लगानी पूर्वाधार र रोजगार दृष्टिकोण तथा दिगो परियोजना केन्द्रित बिशेष समति गठन गरेको हो।

समितिमा निजी क्षेत्रबाट पार्टी राजनीतिमा सक्रिय अन्य १४ जना सदस्य रहेका छन् ।

विशेष समितिमा दिपक खड्का, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा, छत्र गिरी, सूर्यबहादुर केसी सदस्य रहेका छन् । यस्तै, अन्य सदस्यहरुमा मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुंगटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहेका छन् ।

कांग्रेस केन्द्रीय समितिको वैशाख १७ को निर्णय बमोजिम अर्थतन्त्र केन्द्रित विषेश समितिपछि लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष परियोजना गठन भएको हो ।

समितिले कोरोनाका कारण लगानी, पूर्बाधार र रोजगार लगायतका क्षेत्रमा परेका समष्या र उपाय सहितको सुझाव पार्टीको अर्थतन्त्र केन्दित बिशेष समितिमा बुझाउने छ । डा रामशरण महतको नेतृत्वमा अर्थतन्त्र केन्द्रित बिशेष समिति केहीदिन अघिमात्र गठन भएको छ।

समितिले तत्काल कोरोनका कारण नेपालको लगानी पूर्वाधार र रोजगार क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रुपमा सम्बोधन गर्ने नीतिबारे आवश्यक अध्ययन गरेर अर्थतन्त्र केन्द्रित विशेष समितिमा सुझाव पेश गर्ने जनाइएको छ ।