प्रदेशमा १ नम्बर विराटनगरमा २ र धनकुटामा १ जना कोरोना संक्रमित फेला परेका छन्। आइतबार साँझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा प्रदेश नम्बर १ मा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
विराटनगरका २ जना तथा धनकुटाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार धनकुटा निवासी ३४ वर्षकी महिला, विराटनगरकी २९ वर्षीया महिला र ३६ वर्षका पुरुष रहेका छन्। संक्रमित सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा देशभरमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । ३६ जना उपचारपछि निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ भने तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।












प्रतिक्रिया