अब निजी तथा सामुदायिक अस्पताललले कोभिड परीक्षण गर्ने

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पतालबाट आरडिटी विधिबाट गरिने स्वास्थ्य स्वास्थ्य परीक्षणका लागि निर्देशिका जारी गरेको छ ।

यो निदेर्शिका जारी भएपछि निजी तथा सामुदायिक अस्पतालले कोभिडको आरडिटी विधिबाट परीक्षणका लागि अनुमति लिनसक्ने मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।

सो अनुमति लिनका लागि सम्बन्धित अस्पताल नियमअनुसार दर्ता भएको हुनुपर्नेछ । अस्पतालले आरडिटी परीक्षणका लागि उपत्यकाभित्र स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालले सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्नेछ ।

आरडिटी परीक्षण गर्न चाहने अस्पतालले जनस्वास्थ्य प्रयोगशालाले तोकिएको सूचीमा उल्लेख गरिएका आरडिटीको मात्रै परीक्षण गर्नसक्नेछन् ।

आरडिटीको परीक्षण प्रतिवेदन दैनिक रुपमा राष्ट्रिय प्रयोगशालमा अनिवार्य पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । आरडिटी परीक्षणका लागि शुल्क अस्पतालले खरिद गरेको मूल्यको बढीमा २० प्रतिशत मात्रै शुल्क लिन पाउनेछन् ।

कोभिड–१९ को परीक्षणलाई सहज बनाउन निर्देशिका जारी गरिएको प्रवक्ता देवकोटाले बताए। मन्त्रालयले शनिबार मुत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलासँगको संसर्गमा रहेकाको पहिचान गर्ने कार्य शुरु गरिसकेको छ ।

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखको संयोजकत्वमा कन्ट्याक ट्रेसिङको काम शुरु भइसकेको प्रवक्ता देवकोटाले बताए। सम्पर्क व्यक्तिको आजदेखि नमूना सङ्कलन भइसकेको छ ।

गोङगबु, माछापोखरीलगायत क्षेत्रबाट ४०० भन्दा बढीको परीक्षण गर्ने योजना छ । उनीहरुमध्ये १५० को पिसिआर र २५० को आरडिटी विधिबाट परीक्षण गरिनेछ ।

मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल गिर्नेगरी कतिपय स्वयम्सेवकले गतिविधि गरेकामा निन्दा गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोभिडको नियन्त्रण र उपचारमा खटिएका चिकित्सकमाथि त्यस किसिमका घटना भएको भन्दै त्यस्ता व्यवहार नदोहो¥याउन मन्त्रालयले आग्रह गरेको छ । उच्च रक्तचावको नियन्त्रणका लागि नियमित रुपमा रक्तचाप परीक्षण गर्न अनुरोध गरेको छ ।

कोभिडसँग जोडिएकाले उक्त रक्तचापका बिरामी बढी जोखिममा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आइतबार  २२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।