युनिक नेपाल लघुवित्तले कमायो साढे ४ करोड नाफा

0
Shares

कोहलपुर बाँकेमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चैतसम्ममा ४ करोड ५१ लाख २४ हजार खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आवको यसै अवधिसम्ममा लघुवित्तले ३ करोड ३ लाख ३२ हजार नाफा कमाएको थियो।

साधारण शेयर जारी नगरेको यस लघुवित्तको चुक्ता पूँजी ९ करोड ६८ लाख २० जार छ भने जगेडा कोषमा १२ करोड ७० लाख रहेको छ।

चैतसम्म ५६ करोड १९ लाख सापटी र १ अर्ब ७३ करोड १८ लाख निक्षेप संकलन गरि २ अर्ब ५५ करोड ८८ लाख कर्जा परिचालनबाट १३ करोड ७० लाख १७ हजार खुद ब्याज आम्दानी गरको छ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात १.६७ बाट बढेर २.३६ प्रतिशत पुगेको छ।