महुली लघुवित्त वित्तीय संस्था (MSLB) को नाफा ३६.५९ प्रतिशत घटेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले १ करोड ८२ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, गत वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ८७ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
तेस्रो त्रैमाससम्ममा लघुवित्तले १ अर्ब ४ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब २२ करोड ७१ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर २ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ ऋण लगानी गरेको छ।
चैतसम्म ११ करोड ४१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको लघुवित्तले कर्जा नोक्सानी, कर्मचारी र अन्य सञ्चालन लगायतका विभिन्न खर्च पश्चात ३ करोड ७ लाख सञ्चालन नाफा कमाएको छ।
गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत बोनसपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १८ करोड ९३ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९.८३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २५४.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.१३ गुणा बढी छ। लघुवित्त कम्पनीको खराब कर्जा अनुपात १.६९ बाट घटाएर २.२४ प्रतिशतमा बढेको छ।
प्रतिक्रिया