सिनर्जी पावरको खुद नाफा ७ करोड २४ लाख

0
Shares

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी (SPDL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड २४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको चैत मसान्तसम्ममा कम्पनीले ४ करोड २३ लाख मात्र खुद नाफा आर्जन गरेकामा ३ करोडले वृद्धि भएको हो।

कम्पनीको विद्युत बिक्रीबाट आम्दानी १६ करोड ८० लाख ४५ हजार पुगेको छ। समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी २ करोड ७३ लाख २५ हजार रुपैयाँले बढेको हो

चुक्ता पूँजी ७० करोड रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३.८० रुपैयाँ छ। जगेडा कोष ७ लाख ७७ हजार ऋणात्मक बन्दा प्रतिशेयर नेटवर्थ ९९.८९ रुपैयाँ छ भने मुल्य आम्दानी अनुपात ६.६६ गुणा रहेको छ।

प्रकाशित मिति: ५ जेठ २०७७, सोमबार  १० : ५५ बजे