पछिल्लो पाँच दिनमा मात्रै १३८ जनामा कोरोना पुष्टि

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको दायरा बढाएसँगै जेठ १ गतेयता मात्रै १३८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार संक्रमितको संख्या हेर्दा फागुन मसान्तसम्म आइपुग्दा १ जना कोरोना संक्रमण फेला परेकोमा चैतमा १२ जना, बैशाख मसान्ता २१९ जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्ला पाँच दिनमा १३८ जनामा कोरोना पुष्टि हुँदा हालसम्म नेपालमा कोरोना संमतिको संख्या ३५७ जना पुगेको हो।

जसमध्ये सोमबार मात्रै बाँके जिल्लामा ४७ र बाँकी अन्य ठाउँमा ६ गरी ५३ मा कोरोना संक्रमण पुष्टि भएको हो। बाँके बाहेक विराटनगरमा १ जना पुरुष र भैरहवामा गुल्मीका ४१ वर्षिया पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाको १ जना रौतहटका १ जना, दाङका १ जना र धादिङ्गका १ जना गरि ४ जना पुरुषहरु गरि कूल ५३ जनामा कोरोना पुष्टि भएको हो। उनीहरु सबै १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन्।

संक्रमित देखिएका सबैको स्थायी ठेगाना र हाल रहेको स्थानहरुमा कन्ट्याक्ट ट्रेसिङ्गको काम अगाडि बढाएको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये पुरुष २९८ जना र महिला ५९ जना रहेका छन्। ३६ जना उपचारपछि निको भई घर फर्किएका छन्।

हालसम्म ३१ जिल्लामा संक्रमण फैलिएकोमा प्रदेश नम्बर १ मा ४० जना, प्रदेश २ मा १३२, वाग्मती प्रदेशमा १८ जना (१ मृत्यु सहित), गण्डकीमा ३ जना, प्रदेश नम्बर ५ मा १५९ (१ मृत्यु सहित), र सुदूरपश्चि प्रदेशमा ५ जना गरि कूल ३५७ जना संक्रमित रहेका छन्।

प्रकाशित मिति: ५ जेठ २०७७, सोमबार  १७ : २६ बजे