महानायक राजेश हमालले भने ‘ नेपाली जनताले सीमा सम्बन्धमा कसैसँग पनि सम्झौता गर्दैनन्’

0
Shares

नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले भारतको पछिल्लो गतिविधि नेपालीहरुलाई स्वीकार्य नभएको बताएका छन्।

नायक राजेश हमालले बुधबार साँझ अंग्रेजी भाषाको भिडियो आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै नेपाली जनताले आफ्नो देशको सीमा सम्बन्धमा कसैसँगपनि सम्झौता नगर्ने बताएका हुन्।

बुधबार भारतीय परराष्ट्र मन्त्रालयले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नयाँ नक्सा अस्वीकार्य रहेको सावजनिक गरेपछि उनले आफ्नो धारणा राखेका हुन्।

उनले भारतको गतिविधिले सबै नेपालीहरुको मनमा आहत पुगेजस्तै जस्तै आफूलाई पनि मर्माहत बनाएको बताएका छन्। एशियाको शक्तिशाली राष्ट्र भएको नाताले पनि भारतले छिमेकी राष्ट्रहरुसँग स्नेह तथा सहयोगको भावना जागृत गर्नुपर्ने उनले बताए।

नायक हमालले भारतले सीमा समस्याले नेपाली जनतामा उठिरहेको आक्रोशलाई साम्य पार्न सदासयताका साथ इतिहास, तथ्य, प्रमाणलाई आधार मानेर सीमानाको समस्यालाई कुटनीतिक तवरमा समस्या समाधान गर्न पनि भारतलाइ अनुरोध गरेका छन् ।