नोटबजारको भर्चुअल कन्फ्रेन्समा बीमा समिति, बिमक र विज्ञका बीच अन्तरकृया सुरु

0
Shares

नोटबजार प्रालिद्धारा सञ्चालित नोटबजार डटकमले शुक्रबार १२ बजेदेखि कोरोना संक्रमण पछिको बीमा बजारको विषयलाई लिएर सम्बद्ध पक्षसँग भर्चुअल अन्तरकृया सुरु भएको छ।

‘कोभिड १९ ले बीमा क्षेत्रमा पारेको असर र सुधारको पहल’ विषययक उक्त भर्चुअल अन्तरकृया कार्यक्रका प्रमुख वक्ताहरु यसप्रकारका रहेका छन्।

कार्यक्रमका वक्ताहरु:-

चिरञ्जीवी चापागाई, अध्यक्ष, बीमा समिति

दीप प्रकाश पाण्डे, अध्यक्ष, नेपाल बीमक संघ एवं प्रमुख कार्यकारी अधिकृत, शिखर इन्स्योरेन्स

शिवनाथ पाण्डे, अध्यक्ष, नेपाल जीवन बीमक संघ एवं प्रमुख कार्यकारी अधिकृत, सूर्या लाइफ इन्स्योरेन्स

डा. रविन्द्र घिमिरे, बीमा विज्ञ एवं सह प्राध्यापक, पोखरा विश्वविद्यालय

सहजकर्ता तथा कार्यक्रम सञ्चालक:-

परमेश्वर अधिकारी, कार्यकारी सम्पादक, नोटबजार डटकम
लभेश प्याकुरेल, वरिष्ठ आर्थिक पत्रकार

अन्तरकृयामा जीबन तथा निर्जीबन बीमा कम्पनीहरुका सञ्चालक, व्यवस्थापन तथा कर्मचारीहरुको पनि सहभागिता रहेको छ।

भर्चुअल अन्तरकृयाको प्रत्यक्ष प्रशारण नोटबजार डटकमका साथै नोटबजारको फेसबुक पेज, युट्युब च्यानल र रेडियो पर्टनर सिटिजन एफएम ९७.५ मेगाहर्जमा पनि हेर्न र सुन्न सकिन्छ।

प्रकाशित मिति: ९ जेठ २०७७, शुक्रबार  १२ : ०२ बजे