RBCL का सञ्चालक भन्छन ‘लाभांस बितरणमा नियामकले एकनासको सिण्डिकेट लगाउनु हुँदैन’


राष्ट्रिय बीमा कम्पनीका सञ्चालक अशोक कुमार उप्रेतीले बैंक वित्तीय संस्थाले गर्ने प्रतिफल बितरणको अभ्यास बीमा कम्पनीमा हुबहु कार्यान्वायन गराउन नहुने बताएका छन् ।

नोटबजार डटकमको अन्तरकृया कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई प्रतिफल नदिएको अवस्थामा बीमा कम्पनी पनि बाध्य नहुने बताएका थिए ।

बीमा समिति अध्यक्ष भन्छन् ‘केन्द्रिय बैंकले लाभांस बितरण नगर्न बैंकलाई भन्यो भने बीमा कम्पनी पनि बाध्य हुँदैनन्’

चापागाईको यस्तो भनाई आए पछि उप्रेतीले चापागाईको भनाईलाई खण्डन गर्दै बैंकका लगानीकर्ता र बीमाका लगानीकर्ता एउटै हुन भन्ने भनाई गलत भएको उप्रेतीको भनाई थियो । दुवैतिर एउटै लगानीकर्ता भएका भरमा बैंकले लाभांस नदिँदा बीमा कम्पनीले पनि नदिने वाताबरण बनाउन खोजिएको भन्दै त्यस्तो नीतिमा नियामक निकायहरुले तालमेल गर्न नहुने उनको भनाई थियो ।

प्रतिफलको आशमा नै लगानी गरेको हुनाले वास्तविकता र समस्याका आधारमा प्रतिफल बितरण गर्ने कि नगर्ने भन्ने निष्कर्षमा पुग्नु पर्ने उनको भनाई थियो ।

उप्रेतीले यस सम्बन्धमा राखेको बिचार भिडियोमा :