एनआईसी एशिया क्यापिटलको संस्थागत परामर्श सेवा संचालनमा

0
Shares

एनआईसी एशिया क्यापिटलले ‘नवप्रवर्तन शुरुवाती पूँजी अनुदान सम्बन्धी कार्यविधि, २०७६’ तथा ‘नवप्रर्वतन शुरुवाती पूँजी अनुदान सम्बन्धी मापदण्ड, २०७७’ मा उल्लेख भए अनुसारको प्रस्ताव तयार गरिदिने सेवा संचालनमा ल्याएको छ ।

क्यापिटलले संस्थागत परामर्श सेवा प्रदान गर्ने योजना अन्तर्गत नेपाल सरकार, राष्ट्रिय योजना आयोगले मिति २०७७ वैशाख २९ गते नवप्रवर्तन शुरुवाती पूँजी अनुदान प्रदान गर्ने सम्बन्धमा प्रस्ताव आव्हान गरेबमोजिम सेवा प्रदान गर्न लागेको जनाएको छ ।

जस अन्तर्गत यस क्यापिटलले नवीनतम ज्ञान, सिप र क्षमता भएका आविश्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थाहरुलाई निजहरुको योजना अनुरुपको व्यवसाय सफल पार्न परामर्श दिने, थप अध्ययन तथा अनुसन्धान गरी व्यवसायीक योजना तयार गरिदिनेछ।

यसका साथै नेपाल सरकारले हालै जारी गरेको नवप्रवर्तनीय कार्यको प्रस्ताव सम्बन्धी शर्त, आवश्यक कागजात तथा माग गरे बमोजिमको विवरण अनुरुपको व्यवसायीक योजना समेत तयार गरिदिने छ ।

यस प्रकारको संस्थागत परामर्श सेवाले हाल कायम बन्दाबन्दीको कारणले गर्दा आफ्नो व्यवसायीक योजना बनाउन समस्यामा परेका व्यक्ति तथा संस्थाहरुलाई उहाँहरुको ज्ञान, सिप तथा क्षमता अनुसारको व्यवसायीक योजना तयार गर्न, नेपाल सरकारले उपलब्ध गराउने अनुदान तथा अन्य आवश्यक सुरुवाती पूँजी जुटाउन समेत महत्वपूर्ण सहयोग पुग्नेमा क्यापिटलले विश्वास लिएको छ ।

साथै यस क्यापिटलबाट संस्थागत परामर्श सेवा लिने पहिलो केही ग्राहकहरुलाई निःशुल्क रुपमा उक्त सेवा उपलब्ध गराउने जानकारी गराएको छ ।

यस सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं.९८५११२१९८४/९९४ मा सोझै सम्पर्क गर्न वा corporateadvisory@nicasiacapital.com मा ईमेल गर्न सकिने छ ।