हङकङबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको बिप्रेषण सेवा सुरु

0
Shares

हङकङको ख्यातिप्राप्त केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ ।

हङकङमा रहनुभएका नेपालीहरुले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७ हजार ५ सय भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने कम्पनीको भनाई छ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्स लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङ्गले हस्ताक्षर गरेका छन्।

आज एक औपचारिक समारोहका बिच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङका महाबाणिज्य दूत कमल प्रसाद भट्टराईद्वारा उदघाटन गरी रेमिटान्स कारोबार सुरु गरिएको छ । साथै नेपाल बिप्रेषण पठाउदा १ हप्ता को लागि निशुल्क पठाउने ब्यबस्था गरिएको छ र यो ब्यबस्था ३१ मे २०२० सम्म लागु हुनेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजार ५ सय भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।