नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीका कारण १६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान गरेको छ ।
कोभिड पूर्वको अवस्थामा चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले गरेको ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण र केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको २.२८ प्रतिशत आर्थिक वृद्धिको अनुमानबीचको अन्तरका आधारमा सो नोक्सानीको अनुमान गरिएको हो।
यसैगरि केन्द्रीय बैंकले जेठ ९ सम्ममा कुल १४५ अर्ब १४ करोड २० हजार आन्तरिक ऋण परिचालन गरेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षमा १९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने योजना बनाएको थियो। हालसम्म उठाइएको आन्तरिक ऋण लक्ष्यको करिब ७५ प्रतिशत हो।
केन्द्रीय बैंकका अनुसार २०७७ जेठ ९ सम्ममा ४५ अर्ब बराबरको ट्रेजरी बिल, १०० अर्ब बराबरको विकास ऋणपत्र,१३ करोड ५० लाख बराबरको नागरिक बचतपत्र र ५० लाख २० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र मार्फत उक्त ऋण संकलन गरेको हो।
प्रतिक्रिया