राधी विद्युतको लाभांश घोषणा

0
Shares

राधी विद्युत कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको जेठ २७ गते सम्पन्न बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस तथा ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात ११.९० गुणा बढी छ।