बाग्लुङका ६ र झापाका १७ जनामा जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

बुधबार बाग्लुङका ६ जना र झापामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङ जिल्लाको बडिगाड २ जना र तमानखोलाका गाउँपालिका ४ जना गरि ६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरि कोशी अस्पतालको प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाको केचनकवल गाउँपालिकाका १५ र गौरादह नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरूलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याउदै गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए।

प्रकाशित मिति: १४ जेष्ठ २०७७, बुधबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।