संविधान संसोधन विधेयक बुधबारको कार्यसूचीबाट हटाइयो

0
Shares

सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयक बुधबारको संसदको कार्य सूचीबाट हटेको छ ।

संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा यसअघि समावेश गरिएपनि अन्तिम समयमा हटाइएको हो ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले नेपालको नयाँ नक्सासहितको निशान छाप बनाउन संविधान संसोधन विधेयक संसदको सम्भावित कार्य सूचीबाट हटाइएको पुष्टि गरे।

यसअघि कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची थियो ।

प्रकाशित मिति: १४ जेष्ठ २०७७, बुधबार  १५ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।