स्वाभिमान लघुवित्त वित्तीय संस्थाको नेप्सेमा जेठ २८ गते मंगलबारदेखि शेयर कारोबार खुला हुने भएको छ। कम्पनीले सोमबार ६ लाख १८ हजार ६१० कित्ता शेयर सूचीकरण गरेसँगै मंगलबारदेखि कारोबार खुल्ने भएको हो।
नेप्सेले कम्पनीको शेयर कारोबारका लागि एसएमएफबीएस कारोबार संकेत प्रदान गरेको छ। मंगलबारदेखि कम्पनीको यहि सिम्बोलमा नेप्सेमा कारोबार खुल्नेछ।
यसैगरि नेप्सेले कम्पनीको पहिलो कारोबारका न्यूनतम ९१ रुपैयाँ ८४ पैसादेखि अधिकतम २७५ रुपैयाँ ५२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । मंगलबार यहि रेञ्जभित्र रहेर कम्पनीको शेयर खरिद बिक्री हुनेछ ।
रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्तले स्वाभिमान माइक्रोफाइनान्सले बैशाख २७ गतेदेखि ३१ गतेसम्म एक लाख ९८ हजार ६१० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएर जेठ ५ गते आइतबार बाँडफाँड गरेको थियो।
सो बाँडफाँडमा १८ हजार ५५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले र २० कित्ता देखि पाँच हजार कित्तासम्म आवेदन गरेका भाग्यमानी ७ आवेदकले ११ कित्ता आईपिओ प्राप्त गरेका थिए। बाँडफाँडको २३ दिनपश्चात कम्पनीको शेयर सूचीकरण भई कारोबारमा आउने भएको हो।
चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तले एक करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरर प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ९६ पैसा कायम गरेको छ।












प्रतिक्रिया