जेठ १५ गते बिहीबार २ बजेसम्म नेपालका ५१ जिल्लामा कोभिड १९ को संक्रमण फैलिएको छ।
बिहीबार मात्रै प्रदेश १ को सोलुखुम्बु, वाग्मती प्रदेशको दोलखा र सुदूर पश्चिम प्रदेशका बझाङ र दार्चुला गरि ४ जिल्लामा थप संक्रमण फैलिएको हो।
बिहीबार मात्रै देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५६ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने व्यक्तिहरुको संख्या १ हजार ४२ पुगेको छ। जसमध्ये ९४० जना पुरुष र १०२ जना महिला रहेका छन्।
- बिहीबार थप भएका संक्रमित यसप्रकार रहेका छन्:-
-विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना (सप्तरी जिल्लाका ३२ र ४७ वर्षिया पुरुष)
-कोशी अस्पतालमा गरिएको परीक्षणमा २५ जना (झापाका १६ देखि ४२ वर्षका पुरुष)
-भरतपुर अस्पतालमा गरिएको परीक्षणमा १ जना (नवलपुर १९ वर्षिया पुरुष)
-राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जना मा संक्रमण पुष्टि भएका छन। जसमध्ये जिल्लागत रुपमा यसप्रकार रहेका छन्।
- -धनुषा जिल्लाका २९ जना (४ वर्षिया बालिका, ८ वर्षिया बालकदेखि लिएर २ जना महिला र १४ देखि ७० वर्ष उमेर समूहका २५ जना पुरुष)
- -महोत्तरीका १७ जना (१ जना ४५ वर्षिया महिला र १५ देखि ४५ वर्ष उमेर समूहका १६ जना पुरुष)
- -रौतहटका ३ जना (१२ वर्षदेखि ३० वर्ष उमेर समूहका सबै पुरुष)
- -सप्तरीका १२ जना (१८ देखि ४२ वर्ष उमेर समूहका सबै पुरुष)
- -सर्लाहीका ७ जना (१७ देखि ३१ वर्ष उमेर समूहका सबै पुरुष)
- -सिराहका ६ जना ((१४ देखि ४० वर्ष उमेर समूहका सबै पुरुष)
- -दोलखाका २ जना (१९ र २० वर्षिया पुरुष)
- -खोलुखुम्बुका १ जना २६ वर्षिया पुरुष
-सुर्खेत प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २३ जना
- सुर्खेतका १३ जना (२ र ५ वर्षिया बालिका सहित ११ देखि ३७ वर्ष उमेर समूहका ७ जना पुरुष र २२ देखि ३९ वर्षका ४ जना महिला)
- दैलेखका ८ जना (२० वर्षया महिला र १७ देखि ४० वर्षका ७ जना पुरुष)
- बझाङको १ जना ५५ वर्षिया पुरुष (सुर्खेतको प्रयोगशलामा परीक्षण भई पुन: काठमाण्डौंमा परीक्षण गरिएको)
-प्रदेशिक प्रयोगशाला गण्डकीमा ३ जना (स्याङ्जाका ३९ वर्षको महिला र २२ र ३६ वर्षका पुरुष)
-सेती अस्पतालको प्रयोगशालामा ३ जना (दार्चुलाका १ जना २५ वर्षका पुरुष, कैलालीका २ जना २५ र ३० वर्षिया पुरुष)
-किटजन्य प्रयोगशाला हेटौंमा १ जना (मकवानपुर हेटौंडाका ५० वर्षिाया पुरुष)
-भेरी अस्पतालमा ४ जना (वर्दियाका २९ देखि ३४ वर्षका ३ जना र नेपालगञ्ज बाँकेका २८ वर्षिया पुरुष)
-धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जना (रौतहटका ८ वर्षिया बालक देखि ४० वर्षका पुरुष)
- प्रदेशगत रुपमा संक्रमितको विवरण यसप्रकार रहेका छन्
-प्रदेश १ का सोलुखुम्बु सहित ८ जिल्लामा १२९ जना
-प्रदेश २ का सबै ८ जिल्लामा ४१५ जना
-बाग्मतीका दोलखा सहित १२ जिल्लामा ४४ जना
-गण्डकी प्रदेशका ४ जिल्लामा १७ जना
-प्रदेश नम्बर ५ का ९ जिल्लामा ३६९ जना
-कर्णाली प्रदेशका ३ जिल्लामा ४७ जना
-सुदूर पश्चिम प्रदेशका बझाङ र दार्चुला सहित ७ जिल्लामा २१ जना
- हालसम्म १८७ जना डिस्चार्ज
हालसम्म कूल डिस्चार्ज हुनेको संख्या १८७ जना रहेको छ। जसमध्ये १४४ पुरुष र ४३ महिला रहेका छन्।
पछिल्लो २४ घण्टामा नारायणी अस्पतालबाट २७ देखि ३२ वर्षका २ जना पुरुष र २ जना महिला गरि ४ जना डिस्चार्ज भएका हुन्। उनीहरु ११ देखि १४ औं दिनबीचमा निको भएका हुन्।
प्रदेशगत रुपमा प्रदेश नम्बर १ बाट ३० जना, प्रदेश नम्बर २ बाट १०१ जना, बाग्मती प्रदेशबाट ११ जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश नम्बर ५ बाट ३८ जना, र सुदूर पश्चिम प्रदेशबाट ५ जना निको भएका छन्।
प्रतिक्रिया