पुनरकर्जा कोष एक खर्बको


सरकारले सुहलियत ब्याजदरमा कर्जा दिनका लागि पुनरकर्जा कोषको आकार वढाएर एक खर्बको बनाएको छ । यसभन्दा अघि ६० अर्बको रहेको सो कोषलाई कोरोना प्रभावलाई पुनरउत्थाका लागि एक खर्बको बनाएको हो ।

यो कोषवाट पर्यटन, साना तथा मझौला उद्योगले सहुलियतपुर्ण ब्याजदर अर्थत ५ प्रतिशतमा कर्जा पाउने छन् ।

हाल ६० अर्बको रहेको पुनकर्जा कोषको करिब २० अर्ब रुपैयाँ मात्र प्रयोग भएको छ ।