५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्बको पुनरुउत्थान कोष

0
Shares

सरकारले ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्बको कोष स्थापना गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै घरेलु साना तथा मझौला उद्यम तथा पर्यटन व्यवसायका मजदुरको पारिश्रमिक तथा व्यवसाय सञ्चालनका लागि उक्त कोष स्थापना गरिएको बताए ।

नेपाल राष्ट्र बैंकबाट सञ्चालन हुने यसको कोषमा नेपाल सरकार , सरकारी स्वामित्वका संस्थानहरु र दातृ निकायबाट प्राप्त हुने रकम रहने उनले बताए ।

 कोभिडबाट प्रभावित घरेलु, साना, कृषि र उत्पादनमुलक उद्योग तथा होटल, पर्यटन लगायत क्षेत्रका उद्योग व्यवसायलाई ५ प्रतिशतको सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले एक खर्ब सम्मको पुनर्कर्जा दिन सक्ने व्यवस्था बजेटमा गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

नव प्रवर्तनकारी व्यवसाय सञ्चालनका लागि सुरुको पुँजी व्यवस्था गर्न २ प्रतिशत व्याजमा कर्जा दिने व्यवस्था गर्न ५० करोड बजेट व्यवस्था भएको छ ।

 

प्रकाशित मिति: १५ जेठ २०७७, बिहीबार  १७ : ०९ बजे