सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रका लागि ४१ अर्ब ४० करोड रूपैयाँ छुट्याएको छ। यो गत वर्षको तुलनामा ६ अर्ब ६० करोडले बढेको हो।
गत वर्ष ३४ अर्ब ८० करोड रूपैयाँ बजेट छुट्याएको थियो।
अर्थ मन्त्रालयले आगामी सरकारले कोरोना भाइरबाट रोजगारी गुमेका युवालाई कृषिमार्फत् रोजगारी दिने गरी बजेट उल्लेख्य रूपमा बढाएको हो।
देशभर २०० खाद्य भण्डारण केन्द्र स्थापना गर्न स्थानीय तहलाई अधिकारी दिइएको छ।
सबै स्थानीय तहमा कम्तिमा एक कृषि र एक पशु प्राविधिकको व्यवस्था गर्न ५० करोड रूपैयाँ बिनियोजन भएको छ।
सरकारले भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट विनियोजन गरेको छ । जस अनुसार आगामी आर्थिक वर्षमा ३०० स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने योजना रहेको उनले बताए ।
सरकारले साना किसान विकास लघुवित्तमार्फत् साना किसानलाई ऋण उपलब्ध गराउने भएको छ । अगामी आर्थिक वर्षमा १ हजार साना किसान सहकारी मार्फत् साना किसानलाई ऋण लगानी गर्न साना किसान लघुवित्तलाई ३ अर्ब ६० करोड ऋण उपलब्ध गराउने बताए ।
यस्तै सरकारले बचत तथा ऋण सहकारी संस्थालाई मर्जरमा जान प्रोत्साहन गर्ने भएको छ । त्यस्तै सहकारीलाई नगद रहित कारोबारमा प्रोत्साहन गरिने उनले बताए ।
प्रतिक्रिया