धितोपत्र बजारमा स्टक डिलर सक्रिय गराइने


आगामी आर्थिक वर्ष देखि धितोपत्रको दोस्रो बजारमा स्टक डिलरलाइ सक्रिया गराइने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत धितोपत्र बजारको विस्तारका लागि स्टक डिलर सञ्चालनमा ल्याइने व्यवस्था गरेको हो ।

धितोपत्र बजारमा स्टक डिलरको काम गर्नका लागि नागरिक लगानी कोषले साहायक कम्पनीको स्थापना गरेर काम अघि सरीसकेको अवस्था छ भने कर्मचारी सञ्चय कोषले समेत स्टक डिलरको काम गर्न तयारी गरीरहेको छ ।

बजेटले पुँजी बजाको विकास र विस्तारका लागि धितोपत्र बोर्ड, नेपाल स्टक एकसचेन्ज(नेप्से) र केन्द्रीय निक्षेप सेवाको संस्थागत पुनसंरचना गर्ने व्यवस्था आगामी अािर्थक वर्षको बजेटले गरेको छ ।

 साथै निष्क्रिय रहेको ऋणपत्र बजारलाइ पनि सक्रिय गराइने व्यवस्था बजेटले गरेको छ । त्यसैगरी कमोडिटी बजारको समय सञ्चालन गरीने बजेटमा उल्लेख छ ।