सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट सार्वजनिक गर्दै यो क्षेत्रमा उच्च बजेट विनियोजन गरेका हुन् । यो क्षेत्रमा चालु आर्थिक वर्षका लागि १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु वर्षको तुलनामा आगामी वर्ष बजेट बढाइएको छ ।
सरकारले आगामी आर्थिक वर्ष भित्रै साक्षार नेपाल घोषण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री खतिवडाले आधारभुत शिक्षा सबै नागरिकको पहुँचमा पुर्याइ साक्षार नेपाल घोषण गर्ने बताएका हुन् ।
यस्तै सरकारले मुलकभर विद्यालयका बालबालिकाका लागि दिवा खाजा प्रदान गर्न ७ अर्ब ५२ करोड रुपैयाँ बजेट छुट्टएको छ । त्यसबाट २८ लाख बालबालिका लाभांबित हुने अर्थमन्त्रीको दाबी छ ।
सरकारले युवा तथा खेलकुदका लागि २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यसैगरी विज्ञान तथा प्रविधि अन्तर्गत मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्नका लागि १ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया