भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सकाउन ५५ अर्ब बजेट

0
Shares

सरकारले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामका आगामी आर्थिक वर्षमा सकाउने जनाएको छ । त्यसका लागि ५५ अर्ब बजेट छुट्याइएको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुनर्निर्माणका बाँकी कामका लागि ५५ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए ।

निर्माणाधीन धरहरा, रानीपोखरी, सिंहदरबारको मूल भवन लगायत भूकम्पपछिको पुनर्निर्माणका काम आगामी आर्थिक वर्ष सम्पन्न गरिनेछ , अर्थमन्त्री खतिवडाले भने, निजी, आवास, पुरातात्विक सम्पदा, विद्यालय भवन स्वास्थ्य संस्था, सरकारी भवन तथा अन्य क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि ५५ अर्ब विनियोजन गरिएको छ ।

 

प्रकाशित मिति: १५ जेष्ठ २०७७, बिहिबार  १८ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।