पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना संक्रमणलाइ पराजित गरेर घर फर्किएका हुन्। पछिल्लो २४ घण्टामा टेकु अस्पतालबाट २ जना, पाटन अस्पतालबाट ७ जना, बलम्बुको युनिफाइड अस्पतालबाट जना र कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट ८ जना गरि कूल १९ जना डिस्चार्ज भएका हुन्।
हालसम्म कूल डिस्चार्ज हुनेको संख्या २०६ जना रहेको छ। जसमध्ये १६२ पुरुष र ४४ जना महिला रहेका छन्।
प्रदेशगत रुपमा प्रदेश नम्बर १ बाट ३० जना, प्रदेश नम्बर २ बाट १०२ जना, बाग्मती प्रदेशबाट २० जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश नम्बर ५ बाट ४७ जना, र सुदूर पश्चिम प्रदेशबाट ५ जना निको भएका छन्।
प्रतिक्रिया