सूर्या लाईफको बोनसपछि समायोजन भएको सेयर मूल्य ५ सय


नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले सूर्या लाईफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले शेयरधनीलाई १२ प्रतिशत बोनस वितरण गर्ने भएपछि सेयर मूल्य समायोजना गरेको हो ।
नेप्सेका अनुसार कम्पनीकोे बोनसपछिको समायोजित शेयरमूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकेको छ । कम्पनीको नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य ६१३ रुपैयाँ ६१ पैसा कायम भएको छ । तर, सोमबार कम्पनीको प्रतिकित्ता ५६० रुपैयाँमा कारोबार बन्द भएको थियो ।
कम्पनी सञ्चालक समितिको बैठकले असार ११ गते आह्वान गरेको एघारौं वार्षिक साधारण सभा तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनाका लागि जेठ २८ देखि असार ४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ ।
जेठ २७ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र गत आवको लाभांश र कम्पनीको साधारण सभामा सहभागि हुन पाउनेछन् । बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न कम्पनीले ७० प्रतिशत हकप्रद जारी गर्दैछ । ७० प्रतिशत हकप्रदपछि सूयौ लाईफको चुक्ता पूँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँको पुग्नेछ ।