कालोसेतो नभनी सम्पतिको अभिलेखिकरण गरौँ र कर लगाऔँः बाबुराम भट्टराई

0
Shares

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कालो सेतो नभनी एक पटकको लागि सम्पत्तिको स्वघोषणा गर्न दिएर सम्पत्ति कर लगाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिन सरकारलाई सुझाव दिएका हुन् ।

उनले भने, सम्पत्ति स्वयं घोषणा गर्न दिऔं, कालोसेतो नभनौं एकचोटी सबैको सम्पत्ति अभिलेखीकरण गरौं । यसले राजस्व बढ्छ ।’

साथै उनले घर जग्गा जोड्दा पनि कर लगाउनुपर्ने आवश्यकता औल्याए। उनले शिक्षा र स्वास्थ्यमा मुनाफाका लागि लगानी गर्न दिन नहुने भन्दै यसमा सबै दायित्व राज्यले लिनुपर्ने पनि बताए ।

शिक्षा र स्वास्थ्यमा कसैले लगानी गर्छ भने परोपकारका लागि गर्न सकिने तर ब्यापार गर्न नपाइने नियम लगाउन भट्टराईको सुझाव छ।

त्यस्तै उनले कृषिमा यन्त्रिकरण गर्नुको विकल्प नभएको बताउदै बाँझो जमिन राख्न बन्द गर्नुपर्ने र प्राकृतिक स्रोत साधन स्रोतलाई राष्ट्रियकरण गनुपर्ने सुझाब दिए।