संघीय संसद अन्तर्गत प्रतिनिधि सभा प्रतिनिधि सभाको छैटौं अधिवेशन अधिवेशन अन्तर्गत १४ औं बैठक सोमबार (२०७७ जेठ १९ गते) सुरु भएको छ।
आजको संसद बैठकमा निम्न कार्यसूची रहेका छन्।
१. वार्षिक अनुमानमाथि उठेका प्रश्नहरुको उत्तर वार्षिक अनुमानमाथि उठेका प्रश्नहरुको उत्तर अर्थमन्त्री डा. युवराज खतिवडाले आ.व. २०७७/०७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिनुहुने ।
व्यवस्थापन कार्य व्यवस्थापन कार्य
२. अर्थमन्त्री डा. युवराज खतिवडाले :-
(क) “विनियोजन विधेयक, २०७७” प्रस्तुत गर्नुहुने ।
(ख) “राष्ट्र ऋण उठाउने विधेयक, २०७७” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत
गर्नुहुने ।
(ग) “राष्ट्र ऋण उठाउने विधेयक, २०७७” प्रस्तुत गर्नुहुने ।
(घ) “ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७” लाई प्रस्तुत गर्न अनुमति माग्ने
प्रस्ताव प्रस्तुत गर्नुहुने ।
(ङ) “ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७” प्रस्तुत गर्नुहुने ।
३. कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले:-
(क) “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको
अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव
प्रस्तुत गर्नुहुने ।
(ख) “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको
अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” प्रस्तुत गर्नुहुने ।
प्रतिवेदन पेश प्रतिवेदन पेश
४. सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व
कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको नेपाल सरकारको आर्थिक वर्ष
२०७५/०७६ को वार्षिक प्रतिवेदन” पेश गर्नुहुने ।
५. महिला तथा सामाजिक समितिका सभापति निरु देवी पालले “महिला तथा सामाजिक
समितिको वार्षिक प्रतिवेदन, २०७७” पेश गर्नुहुने ।
प्रतिक्रिया