सोमबार थप २२६ जनामा भएको कोभिड १९ संक्रमण पुष्टि छ। सोमबार पुष्टि भएका नयाँ संक्रमितमध्ये २१३ पुरुष र महिला १३ जना रहेका छन्।सोमबार डोटी सहित कूल ५९ जिल्लामा कोभिड १९ संक्रमण फैलिसकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा निम्न स्थानमा थप २२६ जनामा संक्रमण पुष्टि भएको हो।
- कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २ जना
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ३ जना
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जना
- प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी अन्वेषण सुर्खेतमा गरिएको परीक्षणमा ३२ जना
- धुलिखेलमा गरिएको परीक्षणमा २० जना
- भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जना
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ९ जना
- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९२ जना
- सेती अस्पतालमा गरिएको परीक्षणमा १८ जना
यससँगै नेपालमा कोभिड १९ बाट संक्रमण पुष्टि हुने कूल संख्या १ हजार ७९८ पुगेको छ। जसमध्ये १ हजार ६६७ जना पुरुष र १३१ जना महिला रहेका छन्।
प्रतिक्रिया